You are viewing the translated version of सिद्धान्त स्वीकृति लिनु पर्ने.
Section 4
सिद्धान्त स्वीकृति लिनु पर्ने
(१) कानूनी व्यवस्था नभएको विषयमा वा कानूनी व्यवस्था भए तापनि त्यस्तो कानूनी व्यवस्थालाई खारेज गर्ने गरी विधेयकको मस्यौदा तयार गर्नुअघि सम्बन्धित मन्त्रालयले नेपाल सरकारबाट निर्धारण भए बमोजिमका विवरण समाबेश गरी विधेयकको मस्यौदा तर्जुमाको लागि अवधारणापत्र तयार गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम तयार गरिएको अवधारणापत्रमा कानून मन्त्रालयको सहमति लिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम कानून मन्त्रालयबाट सहमति /लिएपछि विधेयकको मस्यौदा तयार गर्ने प्रयोजनको लागि सम्बन्धित मन्त्रालयले सिद्धान्त स्वीकृतिको लागि नेपाल सरकार समक्ष प्रस्ताव पेस गर्नु पर्नेछ।
(४) विधेयकको मस्यौदा तर्जुमाको लागि नेपाल सरकारबाट सिद्धान्त स्वीकृति प्राप्त भएपछि नेपाल सरकारबाट स्वीकृत अवधारणापत्र सम्बन्धित मन्त्रालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको विधेयकको मस्यौदा तर्जुमाको लागि- सिद्धान्त स्वीकृति लिइरहनु पर्ने छैन:-
(क) सालबसाली रूपमा जारी हुने आर्थिक विधेयक वा विनियोजन विधेयक; वा _सोसँग सम्बन्धित आश्रित विधेयक,
(ख) कुनै ऐनको संशोधन विधेयक ।